ब्रेकिङ न्युज
विज्ञापन
समाज

तनहुँको घाँसीकुवामा ट्रक दुर्घटना: चालकको मृत्यु, सहचालक घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा सोमबार दिउँसो सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक धादिङको सिद्धलेख गाउँपालिका-६ बस्ने अन्दाजी ३० वर्षीय संजिब मगरको उपचारका क्रममा मृत्यु भएको छ।

विज्ञापन

दमौलीस्थित प्रदेश अस्पताल पुर्‍याइएका मगरलाई चिकित्सकले दिउँसो १२:४५ बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा सिद्धलेख-६ कै २२ वर्षीय सहचालक प्रदीप विक घाइते भएका छन्। शरीरका विभिन्न भागमा चोट लागेका उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा उपचार भइरहेको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट ट्राफिकसहित १५ जनाको प्रहरी टोली परिचालन गरिएको छ। राजमार्गमा सवारी आवागमन सुचारु रहेको र भिरमा खसेको ट्रक निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।