ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

३९ वर्षपछि पनि ठिक्क हुन्छ अनिल कपुरलाई मिस्टर इन्डियाको ज्याकेट

बलिउड अभिनेता अनिल कपूरले आफ्नो चर्चित फिल्म ‘मिस्टर इन्डिया’सँग जोडिएको एउटा रोचक किस्सा साझा गरेका छन्। उनले फिल्ममा लगाएको ज्याकेट मुम्बईको चोर बजारबाट किनेको खुलासा गरेका छन्। बक्स अफिसमा सुपरहिट भएको चलचित्रमा उनले चोर बजारबाट किनेको ज्याकेट लगाएका थिए।

रोचक कुरा के छ भने, ३९ वर्ष बितिसक्दा पनि उक्त ज्याकेट उनलाई अझै मिल्छ। अनिलले ‘मिस्टर इन्डिया’को पहिरनमा आफूलाई प्रस्तुत गरेका छन्।

अनिल कपूरले एउटा कार्यक्रमको छायाङ्कनका क्रममा आफ्नो पुरानो फिल्म ‘मिस्टर इन्डिया’को समयलाई फेरि सम्झिए। उनले सन् १९८७ मा रिलिज भएको उक्त फिल्ममा लगाएका उही कपडा पुनः लगाएका थिए।

विज्ञापन

यस विषयमा कुरा गर्दै उनले भने, “मेरो विचारमा, सर्ट अझै पनि मलाई फिट हुन्छ। ट्राउजर पनि मिल्छ र ज्याकेट पनि फिट हुन्छ। ३९ वर्षपछि पनि सबै कपडा मलाई मिलिरहेका छन्।”

उनले ‘मिस्टर इन्डिया’मा लगाएको उक्त पहिरन अझै सुरक्षित राखेका छन्। अनिलका अनुसार उनले फिल्ममा लगाएको ज्याकेट मुम्बईको चोर बजारबाट किनेका थिए।

उनले भने, “फिल्मबाट के सिक्न सकिन्छ भने हरेक व्यक्ति ‘मिस्टर इन्डिया’ बन्न सक्छ।”

‘मिस्टर इन्डिया’ शेखर कपूरको निर्देशनमा बनेको चर्चित विज्ञानकथामा आधारित सुपरहिरो फिल्म हो। यसमा अनिल कपूरले अरुण वर्माको भूमिका निर्वाह गरेका छन्। अरुण एक साधारण भायोलिन वादक तथा समाजसेवी हुन्। उनले एउटा यस्तो उपकरण प्राप्त गर्छन्, जसको सहायताले उनी अदृश्य हुन सक्छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

तितो

कोरखबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।