ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

सुरेन्द्रको डेब्यु गीत ‘तिमी हामी भक्तपुर जाँदा’ सार्वजनिक

भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक सौन्दर्यलाई प्रेमकथाको पृष्ठभूमि बनाएर तयार पारिएको नयाँ म्युजिक भिडियो ‘तिमी हामी भक्तपुर जाँदा’ सार्वजनिक भएको छ।

गायक सुरेन्द्र शाही (सुरेन रक) ले यसै गीतमार्फत औपचारिक गायन यात्रा थालेका हुन्।

सार्वजनिक गीतमा रोशन ब्रह्मणालको शब्द रचना तथा ‘अन्तिम स्वर’ को संगीत रहेको छ। संगीत संयोजन भने सुरेन रक र सम्पूर्ण ताम्राकारले संयुक्त रूपमा गरेका हुन्।

विज्ञापन

सांगीतिक क्षेत्रमा यो आफ्नो पहिलो पाइला भएको बताउँदै गायक शाहीले आगामी दिनमा अझ सशक्त सिर्जनाहरू पस्कने प्रतिबद्धता जनाएका छन्। उनले स्रोता दर्शकबाट गीतले राम्रो साथ पाउने विश्वास समेत व्यक्त गरे।

राजेन्द्र सापकोटाको छायांकन तथा निर्देशनमा तयार भएको भिडियोमा अभिनेता सुरज शाही, अभिनेत्री प्रसन्ना कार्की र प्रीति सिलवालको मुख्य अभिनय छ।

भक्तपुरका प्राचीन सम्पदा, मौलिक गल्ली र रैथाने रहनसहनलाई युवा जोडीको प्रेमभावसँग जोडेर भिडियोमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

गायक सुरेनकै कथा अवधारणामा बनेको भिडियोको पटकथा लेखनमा निर्देशक सापकोटालाई सुशील सुवेदीले सघाएका छन्।

प्रीति सिलवाल निर्माता तथा सौखिन तिमल्सिनाको सम्पादन रहेको भिडियोबारे अभिनेता सुरज शाहीले गीत र दृश्यको संयोजन जीवन्त बनेकाले दर्शकको मन जित्ने प्रतिक्रिया दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

तितो

कोरखबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।