भुवन केसीको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘बाटुलो जुन’ को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ घटस्थापनाको अवसर पारेर सार्वजनिक भएको छ।
गीतमा युग भुसालको शब्द तथा सङ्गीत, तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ। म्युजिक भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन्।
गीतमा देखिने आकर्षक खोला किनार, घुम, डन्डिबियो र मकैघारी जस्ता छायांकनस्थलले दर्शकलाई पुरानो समयको सम्झना गराउँछ।

गीतमा मुख्य दुई कलाकार, नायक अनमोल केसी र डेब्यु अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। यसअघि चलचित्रको ट्रेलर तथा टिजरले राम्रो चर्चा पाएको थियो।
भुवन केसीको दोस्रो निर्देशकीय भूमिका रहेको यस चलचित्रमा भुवन केसी र गरिमा पन्तको पनि अभिनय छ। चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन, रोमन बज्राचार्यको पाश्र्व सङ्गीत रहेको छ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको यो चलचित्र कार्तिक २६ देखि प्रदर्शको तयारीमा छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।