हुंकार मधेशले २१ वटा विभागका प्रमुखको जिम्मेवारी तोकेको छ। संगठनले विभागीय प्रमुखलाई सात दिनभित्र कार्ययोजना, कार्यविधि र सयदिने कार्यक्रमको कार्यसूचीको खाका तयार गरी पेस गर्न निर्देशन दिएको छ।
हुंकार मधेशले असोज ९ गते औपचारिक घोषणा गरेको थियो। संगठनले विभागीय प्रमुख नियुक्त गर्दा कम्तीमा स्नातक उत्तीर्ण र सम्बन्धित विषयको विज्ञ हुनुपर्ने प्रावधान राखेको जनाएको छ। सोही मापदण्डअनुसार योग्य व्यक्तिलाई जिम्मेवारी दिइएको संगठनको भनाइ छ।
संगठनले दसैँलगत्तै झापादेखि कञ्चनपुरसम्म सयदिने हुलाकी यात्रा सुरु गर्ने कार्यक्रमसमेत तय गरेको छ। यात्रामार्फत संगठन विस्तार, जनसम्पर्क र मधेशका मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको जनाइएको छ।

हुंकार मधेशले तोकेका विभागीय प्रमुखमा संवाद तथा समन्वय विभागमा रामकुमार कश्यप, प्रचारप्रसार तथा प्रकाशन विभागमा केशवकुमार, संगठन विभागमा कौशलेन्द्र कौशल, कानुन तथा न्याय विभागमा रत्नेश्वर सनातनी र आईटी तथा कार्यमूल्यांकन विभागमा रोशनकुमार छन्।
त्यस्तै, बौद्धिक तथा पेसाकर्मी विभागमा डा एन एन भारद्वाज, आर्थिक विभागमा सचिदानन्द यादव, अनुशासन विभागमा राजाराम यादव, प्रशिक्षण तथा नीति अनुसन्धान विभागमा मनोहर मानव र सहकारी, कर्पोरेट तथा उद्यमशीलता विभागमा कृष्णकुमारलाई जिम्मेवारी दिइएको छ।
स्वयंसेवी सुरक्षा दस्ता विभागमा उमेश सिंह, युवा तथा विद्यार्थी विभागमा पंकज आनन्द, वैदेशिक रोजगार विभागमा मनिषकुमार, सूचना तथा सञ्चार विभागमा पुष्पा प्रिया र संघीय मामिला विभागमा मधुमाया यादवलाई प्रमुखको जिम्मेवारी दिइएको छ।
यसैगरी, शिक्षा तथा संस्कृति विभागमा इन्द्रजित साफी, उद्योग, व्यापार, वाणिज्य तथा व्यवसाय विभागमा सन्दीप त्रिपाठी, नागरिकता तथा भूमिहीन समस्या समाधान विभागमा अंगद यादव, कृषि विकास तथा अनुसन्धान विभागमा रामकिशुन नायक, विज्ञान तथा प्रविधि विभागमा प्रा विजय महासेठ तथा सहिद तथा घाइते व्यवस्थापन विभागमा मो युसुफ साफीलाई जिम्मेवारी तोकिएको छ।
विभागीय प्रमुखहरूले सात दिनभित्र पेस गर्ने कार्ययोजना र सयदिने कार्यक्रमको खाकाका आधारमा संगठनका आगामी गतिविधि अघि बढाइने जनाइएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।