ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रको आधारभूत मूल्य, मान्यतालाई पूर्ण रूपमा आत्मसात् गर्दै सरकारले आफ्ना गतिविधि अघि बढाउनुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल दाङद्वारा आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण योगदान पुर्याएका प्रतिपक्ष दललाई सरकारले बेवास्ता गरेको आरोप लगाए।

पुराना राजनीतिक दलले गरेका गल्ती कमजोरीका कारण गत फागुन २१ मा जनताले नयाँ वैकल्पिक शक्ति रोजेको भए पनि वर्तमान सरकार जनताको त्यो इच्छा र भावनाअनुरुप काम गर्नुपर्नेमा अलमलिएको धारणा व्यक्त गरे।

विज्ञापन

कार्यक्रममा एमाले नेतृ सुजिता शाक्य र कोमल वली, पार्टी जिल्ला अध्यक्ष शिवकुमार आचार्य, घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी तथा तुलसीपुर उपमहानगरपालिकाका पूर्वप्रमुख घनश्याम डाँगीलगायत सहभागी थिए।

यसैबीच, त्यस अवसरमा जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीको स्वागत एवं सम्मानसमेत गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।