ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

ठगी गरेको आरोप निराधार थियो, अदालतले पुष्टि गर्यो : विनिता खड्का

वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्काले आफूविरुद्ध लगाइएका आरोप निराधार रहेको बताएकी छिन्।

मंगलबार सामाजिक सञ्जालमार्फत खड्काले अदालतले आफूविरुद्ध लगाइएका प्रमाणबिनाका आरोप निराधार ठहर गरेको बताएकी हुन्।

‘आफूले नगरेको कसुरमा प्रश्न उठ्दा मन पक्कै कुँडियो, तर मलाई आफ्नो निष्ठा, प्रिय साथीहरूको विश्वास र देशको न्याय प्रणालीमाथि पूर्ण भरोसा थियो। सम्मानित अदालतले ममाथि लगाइएका कुनै प्रमाणबिनाका यस्ता आरोपहरू निराधार ठहर गरेको छ। सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन,’ उनले लेखेकी छन्।

विज्ञापन

राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने भन्दै गर्दै खड्काले कठिन परिस्थितिमा साथ दिने सबैप्रति आभार व्यक्त गरेकी छन्। आलोचना गर्नेहरूप्रति पनि कुनै गुनासो नरहेको बताउँदै उनले त्यस्ता प्रश्नहरूले आफूलाई अझ परिपक्व र जिम्मेवार बन्न प्रेरित गरेको उल्लेख गरेकी छन्।

‘भ्रम र षड्यन्त्रहरू क्षणिक हुन्, सत्यको उज्यालो सधैँ अजर रहन्छ। यो घटनाले मलाई कमजोर होइन, अझ बलियो बनाएको छ,’ उनले भनेकी छन्। समर्थकहरूको विश्वासलाई आत्मसात् गर्दै अझ बढी निष्ठाका साथ सेवामा समर्पित रहने उनको भनाइ छ।

खड्कालाई वैदेशिक रोजगारीका लागि इजरायलमा केयरगिभरका रूपमा पठाइदिने भन्दै ठगी गरेको घटनाको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले असोज २३ गते पक्राउ गरेको थियो। प्रहरीले उनीमाथि ठगी, आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।