नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सत्ता कसैलाई पनि कानुनभन्दा माथि उठ्ने लाइसेन्स नभएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। आचार्यले हिजो शोषित, पीडित र दलित समुदायको न्यायका लागि बोल्नेहरू आज सत्ताको आडमा महिलालाई नै डर र धम्की दिने आरोपमा मुछिनु विडम्बनापूर्ण रहेको बताए।
महिलालाई ज्यान मार्ने, रगत पिउने रधम्की दिएको भनिएका अडियो सार्वजनिक भएपछि यो विषय अब पार्टीको आन्तरिक छानबिनमा मात्रै सीमित हुन नहुने उनको भनाइ छ।

‘महिलालाई ज्यान मार्ने, रगत पिउने रधम्की दिएको भनिएका अडियो सार्वजनिक भएपछि यो विषय अब पार्टीको आन्तरिक छानबिनमा मात्रै सीमित हुनुहुँदैन,’ उनले भनेका छन्, ‘रास्वपाको छानबिन आफ्नो ठाउँमा छ, तर सरकारले र सम्बन्धित राज्यका निकायले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्नुपर्छ।’
महिला होस् वा दलित, कमजोर होस् वा शक्तिशाली, कसैलाई पनि धम्की र अपमान सहन बाध्य पार्न पाइँदैन भन्दै उनले भने, ‘दलितको अधिकारको नारा लगाउनु र महिलाको सम्मानको रक्षा गर्नु फरक कुरा होइनन्—दुवै न्यायका आधार हुन्। सत्ता कसैलाई कानुनभन्दा माथि उठ्ने लाइसेन्स होइन!’
आरोप प्रमाणित भए पद, पार्टी र पहुँच नहेरी कानुनअनुसार कारबाही हुनुपर्ने उनको भनाइ छ। ‘आरोपको निष्पक्ष छानबिन हुनुपर्छ र पीडित भनिएकी महिलाको सुरक्षा सुनिश्चित गरिनुपर्छ,’ उनले भने।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।