ब्रेकिङ न्युज
विज्ञापन
समाज

विपद्को छायामा दशैँ, तिनकुनेमा लिङ्गे पिङको रौनक

बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षति, सडक सञ्जालमा आएको अवरोध र प्रभावित नागरिकको पीडाका कारण यस वर्षको दशैँमा विगतका वर्षमा जस्तो उल्लास देखिएको छैन । दशैँको परम्परागत आकर्षण मानिने लिङ्गे पिङसमेत काठमाडौं उपत्यकामा कमै देखिएका छन् ।

भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढीले जनजीवन प्रभावित बनाउँदा चाडपर्वको रौनकसमेत खल्लो बनेको छ । विपद्ले धेरै परिवारलाई शोक र पीडामा छाडेका बेला दशैँको उत्सवमा पनि त्यसको प्रभाव देखिएको हो ।

यस्तो परिस्थितिमा पनि काठमाडौंको तीनकुनेस्थित खुला चौरमा भने लिङ्गे पिङ खेल्नेहरूको चहलपहल देखिएको छ । बालबालिकादेखि युवायुवतीसम्म पिङमा रमाउँदै दशैँको उमङ्ग साटिरहेका छन् ।

विज्ञापन

दशैँमा लिङ्गे पिङ खेल्ने परम्परा नेपाली मौलिक संस्कृतिसँग जोडिएको छ । गाउँघरदेखि सहरसम्म पिङ हाल्ने र सामूहिक रूपमा रमाइलो गर्ने चलनले दशैँलाई थप उल्लासमय बनाउँदै आएको छ । यस वर्ष पिङ कम देखिए पनि तीनकुनेको खुला चौरमा खेलिएको पिङले परम्परालाई निरन्तरता दिने प्रयास गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।