जुम्लाको पातारासी गाउँपालिकामा विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर एक विद्युत् कर्मचारी गम्भीर घाइते भएका छन्।
पातारासी गाउँपालिका-१ गढीगाउँ निवासी ३४ वर्षीय लालबहादुर ऐडीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ। बुधबार पातारासी गाउँपालिका-१ को वडा कार्यालयनजिकै स्थानीय विद्युत् लाइन जोड्ने क्रममा अचानक करेन्ट लागेपछि ऐडी विद्युत् पोलबाट खसेका थिए। पोलबाट खस्दा उनको शरीरका विभिन्न भागमा चोट लागेको र बोल्नसमेत नसक्ने अवस्थामा गम्भीर घाइते भएको जनाइएको छ।
घटनापछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको थियो। प्रतिष्ठानमा उपचारपश्चात् थप उपचार आवश्यक भएपछि शुक्रबार दिउँसो ३ बजेर ४७ मिनेटमा नेपाली सेनाको एनए०६५ नम्बरको हेलिकप्टरमार्फत नेपालगन्जस्थित सञ्जीवनी अस्पताल लगिएको हो। उनी सोही दिन साँझ ४ बजेर १७ मिनेटमा नेपालगन्ज पुर्याइएको जनाइएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।