नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित छ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट एक, बर्दियाको गुलरिया नगरपालिका-१ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट एक र कञ्चनपुरको भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बसपार्कबाट दुई जना पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन बरामद गरेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।