ब्रेकिङ न्युज
विज्ञापन
अपराध

लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २४ घण्टामा १८ जना पक्राउ गरेको छ।

काठमाडौं, तारकेश्वर नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन ९६ ग्राम र डिजिटल तराजु १ थान सहित रसुवा उत्तरगया गाउँपालिका-५ घर भएका २७ वर्षीय सन्च बहादुर गोलेलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध आईस (मेथाम्फेटामाईन) जस्तो देखिने पदार्थ १५ ग्राम सहित ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

विज्ञापन

पक्राउ पर्नेहरूमा रसुवा नौकुण्ड गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुमन थोक्रा, सोही गाउँपालिका-१ घर भएका २८ वर्षीय गणेश थोक्रा तामाङ, काठमाडौं टोखा नगरपालिका-१ घर भएका २९ वर्षीय सुनिल तामाङ, काठमाडौं तारकेश्वर बस्ने धादिङ खनियाबास गाउँपालिका-५ घर भएका २२ वर्षीय योना तामाङ र १८ वर्षीय किशोर रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

मोरङ, विराटनगर महानगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन ३४ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-१७ रानी घर भएका १९ वर्षीय बासु मण्डल समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

सर्लाही, हरिवन नगरपालिका-४ तिनघरेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २३ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सागर पाख्रिन र २५ वर्षीय राजु भुजेल रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवास समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित मनहरी गाउँपालिका-९ रजैया बस्ने ५१ वर्षीय सिताराम अधिकारीलाई गए राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

कञ्चनपुर, पुनर्वास नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम १ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-६ लालपुर बस्ने २८ वर्षीय राजेश कोली, २३ वर्षीय सुरेश कोली र भारत लखिपुर खिरी बसई घर भएका ३० वर्षीय राम पुकार रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१३ प ६७६३ नम्बरको मोटरसाइकलमा सवार राजेश र सुरेशलाई ४ ग्राम ४ सय १० मिलिग्राम तथा युपि ३१ सिपि ६९७८ नम्बरको मोटरसाइकलमा सवार रामलाई ३ ग्राम ७ सय ४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। साथै, प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ।

यसैगरी, कञ्चनपुर, बेलौरी नगरपालिका-६ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो दखिने पदार्थ ९ सय मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-१० बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

दाङ, घोराही उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम र नगद ११ हजार रूपैयाँ सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ सैलुङ टोल बस्ने ३३ वर्षीय विर बहादुर परियार र तुलसीपुर उपमहानगरपालिका-१९ सुन्दर बजार टोल बस्ने ३२ वर्षीय पुर्ण बुढा मगर रहेका छन्।

अस्थायी प्रहरी पोष्ट सर्राबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बामेखोला बस्ने २४ वर्षीय मिलन बस्नेतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ७० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले मिलनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।.

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।