ब्रेकिङ न्युज
विज्ञापन
स्वास्थ्य

भक्तपुर क्यान्सर अस्पतालमा आधुनिक इन्टरभेसनल इन्डोस्कोपी सेवा सुरु

भक्तपुर क्यान्सर अस्पतालले पहिलो पटक आधुनिक इन्टरभेन्सनल इन्डोस्कोपी सेवा सुरु गरेको छ।

अस्पतालले यही साता उक्त सेवा सुरु गरेको हो। पाइप सहितको सानो नली शरीरभित्र प्रवेश गरी विभिन्न भागमा रहेको रोगको स्थिति हेर्ने र कतिपय रोगको उपचार पनि गर्ने प्रविधि हो।

यो प्रविधिले पित्त नलीमा अड्किएको ढुंगा निकाल्न या अवरोध हटाउन, पेट तथा आन्द्रामा भएको रोग निदान गर्ने, आन्द्रामा पोलिभ भएमा निकाल्ने र आवश्यक परेमा बायोस्पीको लागि नमूना निकाल्ने, पेटभित्र रगत बगिरहेको ठाउँ पत्ता लगाउने र आवश्यक परेमा प्वाल टाल्ने, पित्त नली वा खाना खाने नली साँघुरिएमा खोल्नको लागि प्रयोग गर्न सकिन्छ।

विज्ञापन

पुरानो इन्डोस्कोपीको तुलनामा यसमा धेरै कार्य गर्न सक्ने भक्तपुर क्यान्सर अस्पतालका अन्कोसर्जन डा. पुण्य खरबुजाले बताए।

अस्पतालले गत सोमवार उक्त इन्डोस्कोपीको बिरामीमा सफल प्रयोग पनि सुरु गरिसकेको छ।

विदेशी विज्ञ चिकित्सकको सहयोगमा अस्पतालका डाक्टर पुष्प बडेलले उक्त सेवामा सहभागी भई सीप हासिल गरेका छन्।

उक्त इन्टरभेन्सनल इण्डकोस्कोपी डा. गौरी श्रेष्ठले आफ्नी स्वर्गीय छोरी रिसु श्रेष्ठको स्मृतिमा अस्पताललाई प्रदान गरेका हुन्।

उक्त मेशिनको बजार मूल्य करिब ५० लाख रुपैयाँ पर्छ। डा. श्रेष्ठको अमूल्य सहयोगले अस्पतालमा आउने बिरामीको उपचारमा सहयोग पुग्ने र छोरीप्रतिको प्रेमलाई जीवन्त राख्ने अस्पतालले जनाएको छ।

यो इन्कोस्कोपी प्रयोग गर्नको लागि जर्मन रोटरी भोलियन्टेयरका चिकित्सकहरू डा. माइकल पाउ र डा. वाल्टरले प्राविधिक सहयोग, चिकित्सकीय प्रशिक्षण, ज्ञान हस्तान्तरण तथा स्थानीय स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिको लागि योगदान पुर्‍याएकोमा अस्पतालले कृतज्ञता व्यक्त गरेको छ।

यो उपलब्धि दाताको उदारता, अन्तर्राष्ट्रिय सहकार्य र अस्पतालको सेवाप्रतिको प्रतिबद्धताको परिणाम रहेको जनाइएको छ।

यो उपकरणको पूर्ण रूपमा प्रयोग गर्न भने पिएचडी तहको अध्ययन पुरा गरेका जनशक्ति चाहिने देखिएको डा. खरबुजाले बताए। तर त्यो तहको जनशक्ति अस्पतालमा छैनन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।