पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका १७ निवासी १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा १७ विरौटामा बस्दै आएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
उनका अनुसार पोखरा १७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गको पोखरा बुटवल सडकखण्डमा विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग१४प ४८७९ नम्बरको मोटरसाइकलले आज बिहान बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो।
त्यसपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको जनाउँदै प्रहरी नायब उपरीक्षक पासवानले बताए । घटनापछि स्थानीय र प्रहरीले उद्धार गरी दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा हुन्।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।