ब्रेकिङ न्युज
विज्ञापन
समाज

अन्तरजातीय जोडीलाई एक लाख नगद

मुगुको छायानाथ रारा नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगदसहित सम्मान गरेको छ। नगरपालिकाको दलित ऐन अन्तर्गत रहेर अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप एक एक लाख रूपैयाँ प्रदान गरिएको नगर प्रमुख बिष्णु भामले जानकारी दिए।

छायाँनाथ रारा नगरपालिकाबाट पारित दलित ऐन, २०८० अनुसार अन्तरजातीय बिवाह गर्ने जोडीलाई एक लाख उपलब्ध गराउने व्यवस्था भए अनुसार दुई जना जोडीलाई एक एक लाख रकम उपलब्ध गरिएको छ । उनले भने, ‘अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नका लागि यो कार्यक्रम सुरू गरेका हौं।’

मेयर भामका अनुसार छायाँनाथ रारा नगरपालिका १० झाकोटका बिक्रम बहादुर नेपाली र पवित्रा चौलागाईं तथा छायाँनाथ रारा नगरपालिका १३ थार्पका मानसिंह नेपाली र सरिता सेजुवालको जोडीलाई प्रोत्साहन स्वरूप सम्मान तथा नगद रकम हस्तान्तरण गरिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।