भीम अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा (ओपिडी) बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ।
अस्पतालले सूचना जारी गर्दै यही असोज ३१ देखि आगामी कात्तिक ८ गतेसम्म सार्वजनिक बिदा रहे पनि आकस्मिकलगायत अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन हुने जानकारी दिएको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वर्षा थापाका अनुसार बिदाको अवधिमा कुकुरको टोकाइविरुद्ध लगाइने एआरभी (एन्टी रेबिज भ्याक्सिन) सेवा उपलब्ध हुनेछ।

त्यसैगरी, सामाजिक सेवा इकाइबाट प्रदान गरिने सेवा उपलब्ध गराइनेछ। अस्पतालले सेवाग्राहीलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ। स्वास्थ्य समस्या देखिएमा वा आकस्मिक उपचार आवश्यक परेमा अस्पतालको आकस्मिक सेवा विभागमा सम्पर्क गर्न अस्पतालले सबैलाई अनुरोध गरेको छ।
दसैँ बिदाका कारण अत्यावश्यक उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले आकस्मिक तथा अन्य आवश्यक सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।