ब्रेकिङ न्युज
विज्ञापन
अपराध

कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, अभियुक्त पक्राउ

काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा भएको कुटपिटबाट एक युवकको मृत्यु भएको छ। घटनामा प्रत्यक्ष संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ भने अनुसन्धानका लागि अन्य तीन जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका-१४ कलंकीमा बुधबार दिउँसो ३:३० बजे सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका-३ घर भई हाल काठमाडौंको खसी बजार बस्ने १८ वर्षीय रोशन पाख्रिन र सोही ठाउँ बस्ने १९ वर्षीय रुपेश पाख्रिनबीच सामान्य विवाद भएको थियो।

विवाद बढ्दै जाँदा भएको कुटपिटबाट गम्भीर घाइते भई बेहोस भएका रोशनलाई तत्काल उपचारका लागि कलंकीस्थित शहीद मेमोरियल अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

विज्ञापन

घटनालगत्तै कुटपिटमा प्रत्यक्ष संलग्न रुपेश पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे सोधपुछ तथा अनुसन्धानका लागि अन्य तीन जनालाई समेत नियन्त्रणमा लिइएको छ।

यस घटनाका सम्बन्धमा प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।