ब्रेकिङ न्युज
विज्ञापन
प्रविधि

किशोरीलाई अनुचित तरिकाले छोएको आरोपपछि रोबोट प्रहरी नियन्त्रणमा

जर्मनीको कोलोन सहरमा रोबोट प्रयोग गरेर १६ वर्षीया किशोरीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई युवामाथि अनुसन्धान सुरु गरेको छ।

घटनामा प्रयोग गरिएको रोबोटको चाल कसैले प्रत्यक्ष नियन्त्रण गरेको थियो वा पहिले नै प्रोग्राम गरिएको थियो भन्नेबारे पनि प्रहरीले जाँच गरिरहेको छ। प्रहरीका अनुसार स्थानीय समयअनुसार शनिबार र आइतबारको मध्यरातमा फास्टफुड रेस्टुरेन्टबाहिर घटना भएको थियो। साथीहरूसँग रहेकी किशोरीको नजिक पुगेको रोबोटले उनलाई पछाडिबाट अनुचित तरिकाले छोएको र अनुपयुक्त गतिविधि गरेको आरोप छ।

घटनामा रोबोटका १६ वर्षीय मालिक र उनका १९ वर्षीय साथीको संलग्नता रहेको आशंका गरिएको छ। उनीहरूले घटनाको भिडियो खिचेर अनलाइन प्रसारण गरेको र त्यसमा टिप्पणी गरेको बताइएको छ। तर प्रहरीले दुवै युवामाथि अहिलेसम्म औपचारिक आरोप लगाएको छैन।

विज्ञापन

कोलोन प्रहरीका प्रवक्ता क्रिस्टोफ बर्मेलले यस्तो घटना प्रहरीका लागि नयाँ भएको बताए। ‘हामीलाई यसअघि यस्तो घटनाबारे थाहा थिएन। यो हाम्रो लागि नयाँ विषय हो,’ उनले भने। प्रहरीका अनुसार घटनापछि अनुसन्धानका लागि पुगेको टोलीले नजिकै पार्क गरिएको गाडीको डिकीमा रोबोट फेला पारेको थियो। त्यसपछि रोबोट र दुवै युवाका मोबाइल फोन जफत गरिएको छ।

करिब १२० सेन्टिमिटर अग्लो रोबोटले सेतो ट्यांक टप, कालो ट्राउजर, सुनौलो चेन, चस्मा र नक्कली जुँगा लगाएको थियो। प्रहरीले रोबोटको गतिविधि कसरी सञ्चालन गरिएको थियो र त्यसमा युवाहरूको भूमिका के थियो भन्नेबारे अनुसन्धान गरिरहेको छ। सामाजिक सञ्जालमा घटनाबारे अनुपयुक्त टिप्पणी गर्ने वा मजाक बनाउने कामले पीडित व्यक्तिलाई थप असर पार्न सक्ने भन्दै प्रहरीले सचेत पनि गराएको छ। एजेन्सी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रविधि बाट थप

थप — प्रविधि

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।