जेनजी अभियन्ता रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
उनले क्षमताभन्दा बढी यात्रु बसमा कोचिएको र राजमार्गका होटलमा चर्को मूल्य तिरेर पनि गुणस्तरहीन खाना खानुपरेको भन्दै यस्ता समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी हुन्।
‘सरकार! दसैँ मनाउन घर हिँडेका नागरिकले बसमा क्षमताभन्दा बढी यात्रु कोचिएको गुनासो गरिरहेका छन्,’ उनले भनिन्, ‘राजमार्गका होटलहरूमा राति बसका यात्रुले चर्को मूल्य तिरेर पनि गुणस्तरहीन खाना खाइरहेका छन्।’

उनले यस्ता समस्याको सुधारका लागि ३०–३५ वर्ष नलाग्ने बताउँदै ६ महिनामै पनि केही न केही त गर्न सकिने काम रहेको भनाइ राखिन्।
नागरिकको दैनिक समस्या सुधार गर्ने हिम्मत देखेर जनताले मत दिएको उनले भनाइ राखिन्। साथै, यो देशका जनता फेसबुक र टिकटक मात्रै नचलाएर दिमाग पनि चलाउने भन्दै चेतावनी समेत दिइन्।
‘नागरिकको दैनिक समस्या सुधार गर्ने हिम्मत देखेर मत दिएका हुन् जनताले,’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘अब तपाईंहरूको सुधार गर्न सक्ने ल्याकत पनि नापिरहेका छन् है। यो देशका जनता फेसबुक र टिकटक मात्रै चलाउँदैनन्, दिमाग पनि चलाउँछन्।’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।