ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेसलाई नयाँ पार्टी भन्नु प्रधानमन्त्रीको बचपना हो, हाम्रो इतिहास साक्षी छ : डिला सङ्ग्रौला

नेपाली कांग्रेसकी नवनिर्वाचित महिला महामन्त्री डा डिला सङ्ग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहले कांग्रेसलाई नयाँ पार्टी भन्नु बचपना भएको बताएकी छन्।

नागरिक फ्रन्टलाइनसँगको अन्तर्वार्तामा सङ्ग्रौलाले नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो राजनीतिक दल भएको बताउँदै कांग्रेसको इतिहासलाई अलग राखेर नेपालको राजनीति अघि बढ्न नसक्ने बताइन्।

‘प्रधानमन्त्रीको बचपना हो यो। हाम्रो इतिहास साक्षी छ नि, नेपाली कांग्रेस त २००३ सालदेखि नेपालको सबैभन्दा जेठो र पुरानो दल हो,’ उनले भनिन्, ‘नेपाली कांग्रेसलाई अलग राखेर नेपालको राजनीति अगाडि जानै सक्दैन।’

विज्ञापन

प्रधानमन्त्रीले कांग्रेसलाई नयाँ पार्टी भनेको विषयमा उनले प्रधानमन्त्रीले के भन्नुहुन्छ भन्ने विषयमा आफूले धेरै टिप्पणी गर्न नचाहेको बताइन्।

‘उहाँलाई नयाँ पार्टीजस्तो लाग्यो होला नि त। उहाँलाई लाग्छ, उहाँलाई नलाग्नेमा केही फरक पर्दैन,’ सङ्ग्रौलाले भनिन्।

उनले पुराना नेताहरू नदेखेकै आधारमा कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पछि आएको दलजस्तो ठान्नु उचित नहुने बताइन् । कांग्रेसको लामो राजनीतिक इतिहास रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिले मात्रै पार्टीको इतिहास परिवर्तन नहुने बताइन्।

‘उहाँले भनेर कांग्रेस नयाँ हुने र उहाँले भनेर पुरानो हुने होइन नि। कांग्रेसको इतिहास छ, त्यो इतिहासलाई उहाँले भनेकै आधारमा परिवर्तन गर्न सकिँदैन,’ उनको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।