सामाजिक सञ्जाल टिकटकमा आपत्तिजनक तथा धम्कीपूर्ण भिडियो पोस्ट गरी समाजमा हिंसा भड्काउन खोजेको अभियोगमा प्रहरीले धनुषाबाट एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय ‘क्रिमिनल’ उपनामले चिनिने राजु यादव रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले मंगलबार राति नियन्त्रणमा लिएको हो।
यादवले विभिन्न व्यक्ति, समुदाय तथा संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज गर्ने, धाकधम्की दिने र हिंसा फैलाउन उत्प्रेरित गर्ने खालका सामग्री टिकटकमा अपलोड गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।