ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

मेरठ ‘ब्लु ड्रम’ ह*त्या प्रकरण : मुस्कान र साहिललाई मृ*त्युदण्डको सजाय

मेरठको चर्चित ‘ब्लु ड्रम’ हत्या प्रकरणमा अदालतले दोषी मुस्कान रस्तोगी र साहिल शुक्लालाई मृत्युदण्डको सजाय सुनाएको छ। सजाय सुनाइएपछि मुस्कान र साहिल बेचैन भएका थिए। यता मुस्कानको परिवारले भने उनलाई मृत्युदण्ड दिइएमा आफूहरूलाई कुनै आपत्ति नहुने जनाएको छ।

भारतको मेरठमा चर्चित सौरभ राजपूत हत्या प्रकरणमा अदालतले दोषी मुस्कान रस्तोगी र उनका प्रेमी साहिललाई मृत्युदण्डको सजाय सुनाएको हो। अदालतले सेप्टेम्बर ३० मा दुवैलाई दोषी ठहर गरेको थियो।

सजाय सुनाउने सुनुवाइका क्रममा मुस्कान र साहिल भिडियो कन्फरेन्समार्फत सहभागी भएका थिए। अदालतमा सौरभकी आमा रेणु र भाइ बबलू पनि उपस्थित थिए।

विज्ञापन

सौरभका वकिलले न्यायाधीशले महाभारतको प्रसङ्ग उल्लेख गर्दै अदालतले आफ्नो काम गर्ने बताएको जानकारी दिए। उनले भने, ‘बचाउ पक्षबाट धेरै प्रयास गरिए पनि अन्ततः हाम्रो जित भएको छ। सौरभका परिवारका सदस्यले भने केही बोलेनन्।’

अदालतबाहिर एक महिला वकिलले एनडीटीभीसँग कुरा गर्दै भनिन्, ‘हामी सावित्रीको देशका हौँ, मुस्कानको होइनौँ। सावित्रीले आफ्ना पतिका प्राण यमराजबाट फिर्ता ल्याएकी थिइन्। यसमा मृत्युदण्ड नै हुनुपर्छ। दुवैलाई कानुनअनुसार सजाय दिइएको छ।’

यसअघि नै मुस्कानका आमाबुबाले अदालतमा लिखित रूपमा आफ्नो धारणा प्रस्तुत गरेका थिए। उनीहरूले मृतक सौरभ असल व्यक्ति भएको र उनको निर्ममतापूर्वक हत्या गरिएको बताएका थिए।

मुस्कानलाई मृत्युदण्डको सजाय दिइएमा आफूहरूले विरोध नगर्ने पनि उनीहरूले लिखित रूपमा जनाएका थिए। साथै, अब मुस्कानसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका थिए। उल्लेखनीय छ, मुस्कानका परिवारका सदस्य उनलाई भेट्न जेलसमेत गएका थिएनन्।

के भएको थियो घटना?

मुस्कानले सन् २०२५ मार्च ३ मा आफ्ना प्रेमी साहिलसँग मिलेर पति सौरभ राजपूतको हत्या गरेकी थिइन्। हत्यापछि उनले सौरभको शव नीलो ड्रममा राखेर सिमेन्टले छोपेकी थिइन्।

१२६ पटकको सुनुवाइपछि अदालतले दुवैलाई हत्याको मुद्दामा दोषी ठहर गरेको थियो। अदालतले मुस्कान र साहिलले मिलेर सौरभको हत्या गरेको र त्यसपछि प्रमाण नष्ट गर्ने प्रयाससमेत गरेको ठहर गरेको थियो।

दुवैलाई दोषी ठहर गर्ने क्रममा अदालतले अपराधले समाजमा भयको वातावरण सिर्जना गर्ने बताएको थियो।

अदालतले भनेको थियो, ‘सबै प्रमाणको जाँच गरेपछि दुवैले मिलेर सौरभ राजपूतको हत्या गरेको र प्रमाण नष्ट गर्ने प्रयाससमेत गरेको स्पष्ट भएको छ।’

अदालतले सजाय निर्धारण गर्नुअघि आफ्नो पक्ष प्रस्तुत गर्न दुवै दोषीलाई १५ दिनको समय दिएको थियो। त्यसपछि सजाय सुनाउने निर्णय गरिएको थियो।

अदालतले यसअघि सेप्टेम्बर १९ मै दोषी ठहर गर्ने फैसलाबारे निर्णय सुरक्षित राखेको थियो। अदालतले सर्वोच्च अदालतको एउटा आदेश उद्धृत गर्दै समाजमा यस्ता जघन्य अपराध गर्ने व्यक्तिलाई उचित सजाय दिनुपर्ने र त्यसबाट समाजमा स्पष्ट सन्देश जानुपर्ने बताएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।