ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा बेरोजगारी दर कोभिडयताकै उच्च, अझै बढ्ने अनुमान

अष्ट्रेलियामा बेरोजगारी बढ्दै गएको छ। अष्ट्रेलियाली तथ्याङ्क ब्यूरोले बिहीबार रोजगार प्रतिवेदन जारी गर्दै सेप्टेम्बरमा अष्ट्रेलियामा बेरोजगारी दर ४.७ प्रतिशतले बढेको जानकारी दिएको छ।

एबीएसका श्रम तथ्याङ्क प्रमुख सन क्रिकका अनुसार सेप्टेम्बरमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या ३९ हजारले घटेको छ भने बेरोजगार व्यक्तिको सङ्ख्या नौ हजारले बढेको छ।

यससँगै अस्ट्रेलियाको बेरोजगारी दर कोभिड–१९ महामारीपछिको अवधिमा उच्च स्तरमा पुगेको छ।

विज्ञापन

यसैगरी, कुल जनसङ्ख्यामा रोजगारीमा रहेका व्यक्तिको अनुपात ०.३ प्रतिशत विन्दुले घटेर ६३.६ प्रतिशतमा झरेको छ।

त्यस्तै, रोजगारीमा रहेका वा सक्रिय रूपमा काम खोजिरहेका मानिसको अनुपात जनाउने श्रम सहभागिता दर पनि अगस्टको ६७.१ प्रतिशतबाट घटेर सेप्टेम्बरमा ६६.८ प्रतिशतमा झरेको छ।

थप काम गर्न चाहने र त्यसका लागि उपलब्ध भए पनि पर्याप्त कामको समय नपाएका व्यक्तिको अवस्थालाई मापन गर्ने अल्परोजगारी दर ०.१ प्रतिशत विन्दुले बढेर ६.३ प्रतिशत पुगेको छ।

सेप्टेम्बरमा आंशिक समय काम गर्नेहरूको कुल कार्यघण्टा १.५ प्रतिशतले घटेको छ भने पूर्णकालीन काम गर्नेहरूको कार्यघण्टा ०.४ प्रतिशतले बढेको क्रिकले जानकारी दिएका छन्।

विश्लेषकहरूले आगामी महिनाहरूमा अस्ट्रेलियाको बेरोजगारी दर थप बढ्न सक्ने अनुमान गरेका छन्।

जेपी मोर्गनका अर्थशास्त्री टम केनेडीका अनुसार फेब्रुअरीमा अस्ट्रेलियाको केन्द्रीय बैंक (आरबीए) ले ब्याजदर बढाउन थालेयता बेरोजगारी दर ०.६ प्रतिशत बिन्दुले बढिसकेको छ।

कोभिड–१९ महामारीसँग सम्बन्धित अस्थिरतालाई अलग राख्दा यो एक दशकभन्दा लामो अवधिमा नौ महिनाभित्र देखिएको ठूलो वृद्धिमध्ये एक हो।

उनले आरबीएको यसअघिको प्रक्षेपणभन्दा श्रम बजारमा कमजोरी बढी स्पष्ट देखिएको बताइन्।

अक्सफोर्ड इकोनोमिक्स अस्ट्रेलियाका अर्थशास्त्री ओस्कर गुथले पनि आगामी १२ महिनामा बेरोजगारी बढ्ने अनुमान गरेका छन्।

उनले तेलको मूल्यमा आएको वृद्धि र कडा मौद्रिक नीतिको ढिलो प्रभावका कारण सन् २०२७ को अन्त्यतिर बेरोजगारी दर ४.८ प्रतिशतभन्दा माथि पुग्न सक्ने अनुमान रहेको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।