भारतको दिल्लीका धेरै विद्यालयलाई बमले उडाउने धम्की प्राप्त भएको छ।
बिहीबार एक इमेलमार्फत धेरै विद्यालयहरूमा बम विस्फोट गराइ ध्वस्त पार्ने धम्की प्राप्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। त्यसपछि प्रहरी टोली विद्यालयहरूमा पुगेको छ।
अधिकारीका अनुसार सुरक्षाकर्मीहरूले विद्यालय परिसरमा जाँच गरिरहेका छन्। अहिलेसम्म कुनै पनि विद्यालयमा शंकास्पद वस्तु फेला परेको छैन।
विज्ञापन

घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।