ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

पाकिस्तानमा विद्यालयको छत खस्दा २० विद्यार्थीसहित २१ जनाको मृ*त्यु, ४० बढी घाइते

पाकिस्तानको पेशावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २० जना विद्यार्थी र एक महिला शिक्षिका छन्। सबै विद्यार्थी १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको बताइएको छ।

यो दुर्घटना पेशावरको दीर कोलोनी क्षेत्रमा भएको हो। घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि अस्पतालमा आपत्कालीन सेवा घोषणा गरिएको छ।

पाकिस्तानमा विद्यालयका छत तथा भवन भत्किने घटना बारम्बार हुने गरेका छन्। यसको प्रमुख कारण सुरक्षा मापदण्डको बेवास्ता र निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग रहेको बताइएको छ।

विज्ञापन

पछिल्लो ६ महिनामा भएका विद्यालय तथा शैक्षिक संस्थासम्बन्धी चार ठूला दुर्घटना भएका छन्।

उमरकोटमा जुलाईमा सरकारी विद्यालयको बाहिरी पर्खाल भत्किँदा तीन बालिकाको मृत्यु भएको थियो। लाहोरमा जुलाईमा बागबानपुरा क्षेत्रमा निर्माणाधीन निजी विद्यालयको छत खस्दा एक बालकको मृत्यु भएको थियो।

यस्तै, लाहोरमै जुनमा कहना क्षेत्रमा ट्युसन सेन्टरको छत खस्दा १४ बालबालिकाको मृत्यु भएको थियो। र डेरा गाजी खानमा मेमा विद्यालयको छत खस्दा चार बालबालिकाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।