ब्रेकिङ न्युज
विज्ञापन
समाज

लमजुङमा जंगली भालुको आक्रमणबाट एक पुरुष घाइते

लमजुङको दोर्दी गाउँपालिकामा जंगली भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। दोर्दी गाउँपालिका-८ टाँपका ५५ वर्षीय आशबहादुर गुरुङ भालुको आक्रमणमा परी घाइते भएका हुन्।

बुधबार बिहान अन्दाजी ७:३० बजे घरदेखि करिब ५ किलोमिटर माथि रहेको आफ्नै बाख्राको गोठमा काम गरिरहेको अवस्थामा उनलाई अचानक जंगली भालुले आक्रमण गरेको थियो।

भालुको आक्रमणबाट गुरुङको बायाँ हात र टाउकोमा चोट लागेको छ। हाल उनको अवस्था मध्यम रहेको बताइएको छ।

विज्ञापन

घाइते गुरुङलाई उपचारका लागि श्रीमती बुद्धिमाया गुरुङको साथमा प्रदेश अस्पताल लमजुङ पठाइएको छ।

घटनाबारे दिउँसो २ बजे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चिति, लमजुङबाट प्रहरी सहायक निरीक्षक अमित कुमार रायको कमान्डमा दुई जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।

उक्त घटनास्थल प्रहरी चौकी चितिबाट करिब २० किलोमिटर पूर्वमा पर्दछ। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।