बैंकिङ कसुर मुद्दामा चार करोड रुपैयाँ बिगो र सोही बराबरको जरिवाना तोकिएका दिपक चन्द्र न्यौपाने पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका-३ का ६३ वर्षीय न्यौपानेलाई बिहीबार भक्तपुर नगरपालिका-१ सृजनाटोलबाट पक्राउ गरिएको हो।
झापा जिल्ला अदालतले २०८१ वैशाख ७ गते न्यौपानेलाई चार करोड रुपैयाँ बिगो, बिगो बराबरको जरिवाना र एक महिना १५ दिन कैद सजाय सुनाएको थियो। सजाय कार्यान्वयन नभएपछि फरार रहेका उनलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको ब्युरोले जनाएको छ।

पक्राउ परेका न्यौपानेलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेस गरिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।