काठमाडौंको माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटेर फरार भएका २९ वर्षीय सुनिल सुनार पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पर्साको ठोरी गाउँपालिका घर भई काठमाडौंको माकलबारीमा बस्दै आएका सुनारलाई प्रहरीले पक्राउ गरेको हो।
बुधबार दिउँसो करिब ३:२४ बजे गोकर्णेश्वर नगरपालिका-८, माकलबारीस्थित आफ्नै घरअगाडि उभिरहेकी वृद्ध महिलाको घाँटीबाट करिब ४ आना तौलको सुनको तिलहरी लुटिएको थियो। उक्त तिलहरीको मूल्य ७५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

घटनाबारे सूचना पाएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा बिहीबार दिउँसो ४ बजे सुनारलाई लुटिएको तिलहरीसहित पक्राउ गरेको हो।
प्रहरीले सुनारविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।