ब्रेकिङ न्युज
विज्ञापन
अपराध

तीन करोड ३८ लाख बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न युवक प*क्राउ

प्रहरीले रु तीन करोड ३८ लाखभन्दा बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने बिक्कीकुमार महतो रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ उनलाई माइतीघरबाट पक्राउ गरेको हो। उनले ‘वान एक्स’ एप्लिकेसनमार्फत अनलाइन सट्टेबाजी (जुवा) गर्ने तथा युएसडिटीलगायत अभौतिक मुद्राको कारोबार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

विज्ञापन

महतोले हालसम्म रु तीन करोड ३८ लाख आठ हजार ३५० बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए।

प्रहरीले महतोको साथबाट एउटा मोबाइल फोन बरामद गरेको छ। आरोपी महतोलाई अभौतिक मुद्रा तथा सट्टेबाजीसम्बन्धी कसुरमा बिहीबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।