ब्रेकिङ न्युज
विज्ञापन
समाज

बूढानिलकण्ठबाट करिब २० किलो सुन बरामद, दुई चिनियाँ पक्राउ

प्रहरीले काठमाडौंको बूढानिलकण्ठ क्षेत्रबाट करिब २० किलो अवैध सुनसहित दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार विशेष सूचनाका आधारमा छापा मारेर ठूलो परिमाणमा सुन र सुन पगाल्ने मेसिनरी उपकरण बरामद गरेको हो।

कार्यालयका प्रहरी नायब महानिरीक्षक गोबिन्द थपलियाले बूढानिलकण्ठबाट सुन बरामद भएको पुष्टि गर्दै नागरिक न्युजसँग भने, ‘बूढानिलकण्ठ क्षेत्रमा अपरेसन गरेर सुन बरामद गरिएको छ। अन्दाजी २० किलोको हाराहारीमा हुन सक्ने प्रारम्भिक अनुमान छ। जोख्ने काम र विस्तृत विवरण आउन बाँकी छ।’

विज्ञापन

प्रहरी अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले बूढानिलकण्ठ क्षेत्रमा घर भाडामा लिएर सुन प्रशोधनको अवैध अखडा बनाएका थिए।

उनीहरूले विदेशबाट तरल रूपमा अवैध सुन भित्र्याउने र कोठाभित्रै मेसिनको सहायताले पगालेर चक्का (बिस्कुट) बनाई आपूर्ति गर्ने गरेको खुलेको छ। प्रहरीले घटनास्थलबाट सुन पगाल्ने मेसिन समेत बरामद गरेको छ।

पक्राउ परेका दुवै विदेशी नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण र सुनको यकिन परिमाण आउन बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।