ब्रेकिङ न्युज
विज्ञापन
समाज

तिला १ हाइड्रोको नाममा ठगी, एक जना पक्राउ

तिला हाइड्रो–१ को नाम प्रयोग गरी सर्वसाधारणबाट पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका–१, आचार्यवाडाका ३५ वर्षीय कर्णवीर महतारा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार उनलाई सदरमुकाममा ठगी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार महताराले तिला हाइड्रो–१ को नाम प्रयोग गरी सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर रकम असुली गरेको आरोप छ। हाइड्रोपावरमा लगानी गर्ने तथा रोजगारी दिलाउनेलगायतका आश्वासन दिएर रकम लिएको प्रारम्भिक विवरणमा उल्लेख छ।

विज्ञापन

ठगीमा पर्नेमा कालीकोटको शुभकालिका गाउँपालिकाका अनन्त चौलागाईं, स्थानीय शिक्षक रामबहादुर बोगटी, धनबहादुर बटला, रमेशबहादुर शाही र भीमबहादुर शाहीसहितका व्यक्ति छन्।

प्रारम्भिक विवरणअनुसार पीडितहरूबाट पाँच लाख रुपैयाँ ठगी भएको जनाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।