नेपाल एलपी ग्यास उद्योग संघले चाडपर्वका बेला ग्यासको सहज आपूर्ति र सिलिन्डर साटफेरको समस्या समाधान गर्न काठमाडौं उपत्यकामा ६ स्थान तोकेको छ।
संघका अनुसार असोज २५ गते (आइतबार)देखि ३१ गते (शनिबार)सम्म बिहान ९:३० देखि अपराह्न ४:३० बजेसम्म तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास बिक्री तथा सिलिन्डर साटफेर गर्न सकिनेछ। यो व्यवस्था नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा गरिएको हो।
संघका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो समय ग्यासको आपूर्ति सहज बन्दै गएको छ। भदौमा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर ग्यास बिक्री वितरण भएको थियो। तर, चाडपर्वका बेला केही उपभोक्ताले सहज रूपमा ग्यास नपाएको र फरक ब्रान्डका सिलिन्डर साटफेर गर्न समस्या भएको गुनासो गरेका थिए।


सिलिन्डर साटफेरका लागि काठमाडौंको सिफलचौरमा ग्यास एन्ड अक्सिजन ट्रेडर्समार्फत एभरेस्ट र सुगम ब्रान्डका सिलिन्डर साट्न सकिनेछ। यसका लागि ९८०१०९१२७७ मा सम्पर्क गर्न सकिनेछ। पेप्सीकोलामा सगर ब्रान्डका लागि ०१-५१५६२७४ मा सम्पर्क गर्न सकिनेछ भने बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ब्रान्डका सिलिन्डर साट्न सकिनेछ। त्यसका लागि ९८०२९५०४१७ मा सम्पर्क गर्न सकिनेछ।
त्यस्तै, सुकेधारामा बाबा र श्री ग्यासका सिलिन्डर साटफेर गर्न ९८५१११३७०४, कलंकीमा साइबाबा र श्रीकृष्णका लागि ९८५१०६०१९२ तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ब्रान्डका लागि ९८५११३७७३२ मा सम्पर्क गर्न सकिनेछ।
संघले तोकिएका केन्द्रमा काठमाडौं उपत्यकामा बिक्री वितरण हुने सदस्य उद्योगका सिलिन्डर मात्रै साटफेर गरिने जनाएको छ। अन्य स्थानबाट सिलिन्डर साटफेर गर्न पाइने छैन।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।