नेपाल एलपी ग्यास उद्योग संघले डिलरमार्फत नै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ।
एलपी ग्यासको सहज उपलब्धता सुनिश्चित उद्देश्यले उपत्यकाका विभिन्न १३ स्थानबाट ग्यास बिक्री गरिए पनि उपभोक्तालाई असुविधा पर्न गएको भन्दै संघले अब डिलरमार्फत नै ग्यास खरिद गर्न आग्रह गरेको हो।
संघका अध्यक्ष दिवान चन्दले विज्ञप्ति जारी गर्दै नजिकको डिलरमा गई ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध गरेका हुन्।

नेपाल आयल निगम र एलपी ग्यास उद्योग संघको समन्वयमा उपत्यकामा बजारीकरण भइरहेका सबै ब्राण्डका सिलिण्डर बिक्रीवितरणको व्यवस्था मिलाइएको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।