ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

खगेन्द्र सुनारलाई सुदनको सुझाव : पदबाट राजीनामा दिइ निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्

श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिएर आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिएका छन्।

सामाजिक सञ्जालमार्फत सुनारलाई किरातीले यस्तो सुझाव दिएका हुन्। किरातीले सांसद पदलाई ओहोदा वा सत्ताको साधनका रूपमा मात्र नभइ नागरिकप्रतिको भरोसा र सार्वजनिक नैतिकताको सर्वोच्च मानकका रूपमा लिनुपर्ने बताएका छन्।

‘मानानीय खगेन्द्र सुनारजी, सांसद् पद एउटा ओहोदा वा सत्ताको साधन मात्र होइन, नागरिकप्रतिको भरोसा र सार्वजनिक नैतिकताको एक सर्वोच्च मानक पनि हो,’ किरातीले लेखेका छन्।

विज्ञापन

उत्पीडन, मुक्ति र नैतिकताको एजेन्डा बोकेर आएका व्यक्तिमाथि नै गम्भीर उत्पीडन र अनैतिकतासम्बन्धी आरोप तथा प्रश्न उठेको उल्लेख गर्दै उनले नयाँ राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गर्न सुनारलाई आग्रह गरेका छन्।

​’अनुहार अर्थात् पात्र फेरिँदैमा समाज बदलिँदैन, जबसम्म सोच र प्रवृत्ति बदलिँदैन। उत्पीडन, मुक्ति र नैतिकताको एजेन्डा बोकेर आएका व्यक्तिमाथि नै जब गम्भीर उत्पीडन र अनैतिकताको आरोप र प्रश्न उठी सक्यो,’ किरातीले भने, ‘अब मार्गप्रशस्त गरेर नयाँ राजनीतिक संस्कारको उदाहरण बन्न र सांसद जस्तो गरिमामय पदको मर्यादा जोगाउन आफूमाथि उठेका प्रश्नको निरुपणका लागि तत्काल पदबाट राजीनामा दिइ निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्।’

उनले नैतिक धरातल बलियो नभएसम्म उत्पीडनबाट मुक्ति सम्भव नहुने र जनताले नयाँ राजनीतिक शक्तिमाथि विश्वास गर्न नसक्ने पनि उल्लेख गरेका छन्।

उनले भने, ‘खगेन्द्रजी! नैतिक धरातल बलियो नभइ न त उत्पीडनको मुक्ति सम्भव छ, न त जनताले ‘नयाँ’ भनेर विश्वास नै गर्न सक्छन्। जो रास्वपाको विचार!’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।