ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस सभापतिको मतगणना आजै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको निर्वाचनको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने भएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदका लागि खसेका मतपत्र राष्ट्रिय सभागृहमा गणना गरिनेछ।

अन्य पदका लागि खसेका मतपत्र भने पार्टीको केन्द्रीय कार्यालय सानेपामा लगिनेछ। ती मतपत्रको गणना सभापति पदको नतिजा सार्वजनिक भएपछि मात्रै सुरु गरिने कटुवालले जानकारी दिएका छन्।

विज्ञापन

सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्। सभापति पदको मतपरिणाम सार्वजनिक भएपछि कांग्रेस महाधिवेशनअन्तर्गत अन्य पदको मतगणना प्रक्रिया अघि बढ्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।