नेकपा एमालेबाट निर्वाचित भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष र वडाध्यक्ष पदमुक्त भएका छन्।
एमालेबाट दोस्रो पटक निर्वाचित लक्ष्मी कुमारी चौधरी र वडा नम्बर ५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमान राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम निर्वाचन आयोगले दुवै जनाको पद रिक्त गरेको हो।
दुवै जना नेकपा एमालेबाट २०७९ को निर्वाचनमा निर्वाचित भएका थिए। नेकपा एमालेको सिफारिसअनुसार निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो।

यसैगरी, निर्वाचन आयोगले भोजपुर नगरपालिकाका उपप्रमुख निर्मल शेर्पा र भोजपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नवीन प्रधानलाई समेत पदमुक्त गरेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।