ब्रेकिङ न्युज
विज्ञापन
समाज

आजदेखि खुल्यो दसैँको अग्रीम टिकट बुकिङ, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको लाइन

सरकारले दसैँमा घर जाने यात्रुका लागि आजदेखि अग्रीम बस टिकट बुकिङ खुला गरेको छ।

टिकट काट्नका लागि बिहीबार रातिदेखि नै यात्रुहरू काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टर अगाडि लाइनमा बसेका छन्। सरकारले दसैँमा घर जानका लागि आज (शुक्रबार)देखि अग्रीम बस टिकट खुला गर्ने निर्णय गरेको थियो।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते मङ्गलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रीम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

विज्ञापन

नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बिहीबार राति ९ः०० बजेदेखि टिकट लिनका लागि यात्रुले लाइन बस्न सुरु गरेको जानकारी दिए।

मल्लले बझाङ, बाजुरा र धनगढी जाने यात्रु बिहीबार रातिदेखि नै नयाँबसपार्कमा आएर टिकटको लाइनमा बसेको बताए। दसैँको अग्रीम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा १५ टिकट काउन्टर थप गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।