शुक्रबारदेखि चलचित्र ‘अक्षरा’ सिनेमाघरमा प्रदर्शनमा आएको छ। फ्राइडे रिलिजको अवसरमा ‘अक्षरा’ ले प्रदर्शन सुरु गरेको हो।
यता, ‘अक्षरा’ सँगै प्रदर्शनमा आउने तयारीमा रहेको ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’को भने प्रदर्शन रोकिएको छ।
नेपाल र भुटानमा एकसाथ प्रदर्शन हुने भनिए पनि निर्माण टिमले चलचित्रको प्रदर्शन रोकेको हो।

चलचित्रलाई नेपाल र भुटानमा मात्र सीमित नराखी नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विश्वका विभिन्न देशमा प्रदर्शन गर्ने तयारी भइरहेको जनाइएको छ।
आवश्यक प्रक्रिया तथा व्यवस्थापन पूरा भएपछि चलचित्रको नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने बताइएको छ। बिहीबार यसको प्रिमियर सकेपछि निर्माण टिमले यो निर्णय लिएका हुन्।
अब ‘टनेल २६’ स्थगित भएपछि ‘अक्षरा’ ले एकल प्रदर्शनको अवसर पाएको छ। यो चलचित्रलाई ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ।
परिवारले जबरजस्ती विवाह गरिदिँदा निम्तिने वैवाहिक समस्या र त्यसले समाजमा पार्ने प्रभावको कथामा चलचित्र आधारित छ।
चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी र गीता अधिकारीलगायतका कलाकारको अभिनय छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।