ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

ट्रोलको सिकार बनेकी कट्रिनाले भनिन् : सामाजिक सञ्जालबाट आफूलाई जोगाउनुस्

गर्भावस्थापछि तौल बढेको भन्दै आलोचनाको सिकार बनेकी बलिउड अभिनेत्री कट्रिना कैफले सामाजिक सञ्जालबारे उनको तौललाई लिएर चल्दै आएको आलोचनाको जवाफ दिएकी छन्।

कट्रिनाले हालै सामाजिक सञ्जालमा आउने प्रतिक्रियाबाट आफूलाई कसरी जोगाउने भन्नेबारे कुरा गरेकी छन्।

उनले आत्मविश्वास अरू सबैलाई खुसी पार्ने प्रयासबाट नभई आफूलाई स्वीकार गर्न सक्ने क्षमताबाट आउने बताइन्।

विज्ञापन

उनका अनुसार आलोचनामा अत्यधिक ध्यान दिँदा मानिसलाई जीवनमा अगाडि बढ्नसमेत कठिन हुन सक्छ।

एक कार्यक्रममा कार्यक्रममा बोल्दै कट्रिनाले सामाजिक सञ्जालमा व्यक्त गरिने विचारले आफ्नो आत्मसम्मानलाई प्रभावित गर्न दिन नहुने बताइन्।

उनले भनिन्, ‘हामीले सामाजिक सञ्जालमा भइरहेका कुराहरूले हाम्रो आत्ममूल्यलाई प्रभावित नगरून् भन्ने कुरामा ध्यान दिनुपर्छ। त्यहाँ धेरै प्रकारका विचारहरू हुन्छन्। यदि तपाईँ ती सबै विचारअनुसार चल्न थाल्नुभयो भने आफ्नै निर्णय लिन सक्नुहुन्न।’

उनले मानिसका कुरामा प्रतिक्रिया दिइरहँदा व्यक्तिलाई आफ्नो लक्ष्यतर्फ अघि बढ्न कठिन हुन सक्ने बताइन्।

उनले भनिन्, ‘कहिलेकाहीँ संसारले तपाईँको प्रशंसा गर्छ। तर अन्य समयमा तपाईँ आफैँ आफ्नो सबैभन्दा ठुलो समर्थक बन्नुपर्ने हुन्छ।’

कट्रिनाले जीवनका विभिन्न चरणलाई स्वीकार गर्नुपर्नेमा पनि जोड दिइन्। आत्मविश्वास र आफूलाई हेर्ने दृष्टिकोण सधैँ एकनासको नहुने उनको भनाइ छ।

उनले भनिन्,‘कहिलेकाहीँ मानिसले आफूलाई निकै राम्रो महसुस गर्छन् भने अन्य समयमा आफ्नै बारेमा सकारात्मक सोच राख्न पनि संघर्ष गर्नुपर्ने हुन सक्छ।’

कट्रिना हालै अम्बानी परिवारको गणेश चतुर्थी समारोहमा आफ्ना पति विक्की कौशलसँग देखिएकी थिइन्।

उक्त समारोहमा सहभागी भएको उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि गर्भावस्थापछि उनको तौल बढेको विषयलाई लिएर केही मानिसले आलोचना गरेका थिए।

कट्रिनाको समर्थनमा सलमान खानसहित अन्य कलाकारहरू पनि अगाडि आएका थिए।

कट्रिना कैफले सन् २०२१ मा विक्की कौशलसँग विवाह गरेकी थिइन्। सन् २०२५ मा उनीहरूले आफ्नो छोरा विहानलाई स्वागत गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।