आईसीसी पुरुष क्रिकेटविश्वकप लिग-२ अन्तर्गत नेपालविरुद्ध क्यानाडाले सम्हालिएको जवाफ फर्काइरहेको छ। नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानाडाले २२ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९० रन बनाएको छ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले १७औं ओभरमा मेडनसहित २ विकेट लिएपछि क्यानाडा दबाबमा परेको हो। सन्दीपले आरोन जोन्सनलाई ४४ रनमा क्याच आउट गराउँदा आदित्य भर्दराजनलाई गोल्डेन डकआउट गराए। पहिलो विकेट भने करण केसीले लिएका हुन्। उनले ओपनर युवराज सम्रालाई एक रनमा एलबीडब्लू धरापमा पारेका थिए।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले १२७ बलमा १०१ रन बनाए। गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन बनाए। बासिर अहमदले ३० रन, अर्जुन कुमालले २३ रनको योगदान गरे।

क्यानडाका लागि सुखजिन्दर सिंहले सर्वाधिक तीन विकेट लिए। जाहिद सिरजाद र अखिल कुमारले समान दुई विकेट लिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।