ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

विभिन्न आरोपपछि मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

संसदीय सुनुवाइ समितिले मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको सुनुवाइ प्रक्रिया स्थगित गरेको छ। उनीमाथि म्यानपावर व्यवसायीसँगको सम्बन्ध र पोखरामा जग्गा खरिद गर्दा अनियमितता गरेकोलगायतका विषयमा प्रश्न उठेपछि समितिले सुनुवाइ रोकेको हो।

बुधबारका लागि तय गरिएको सुनुवाइका क्रममा समिति सदस्यहरूले खरेलसँग सम्बन्धित विभिन्न उजुरी र आरोपबारे थप अध्ययन गर्नुपर्ने धारणा राखेका थिए। त्यसपछि समितिका सभापति बोधनारायण श्रेष्ठले तत्कालका लागि सुनुवाइ स्थगित गर्ने निर्णय सुनाएका हुन्।

बैठकमा भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद राजीव खत्रीले राजदूत नियुक्तिको प्रस्ताव, स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन तथा स्थानीय तहबाट अनुदान मिलाइदिने भन्दै रकम लिएको विषय उठाएका थिए।

विज्ञापन

उनले उठाएका प्रश्नबारे स्पष्ट पार्न सभापति श्रेष्ठले प्रस्तावित राजदूत खरेललाई जवाफ दिने अवसर दिएका थिए। जवाफमा खरेलले सार्वजनिक भएका आरोपमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै अर्का सांसद मधुकुमार चौलागाईंले खरेलसँग सम्बन्धित विषयमा थप अध्ययन गर्नुपर्ने र आवश्यक परे उपसमिति गठन गर्नुपर्ने धारणा राखेका थिए।

समितिका सदस्यहरूले प्राप्त उजुरीहरूको अध्ययन गर्न समय आवश्यक रहेको बताएपछि सुनुवाइ प्रक्रिया स्थगित गरिएको हो। प्रस्तावित राजदूत खरेलसम्बन्धी उजुरी र उठेका प्रश्नबारे समितिमा आन्तरिक छलफल भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।