ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

राजदूतको चरित्र उत्कृष्ट हुनुपर्छ : पद्मा अर्याल

नेकपा एमालेकी नेता पद्मा अर्यालले विदेशमा राजदूत भएर जाने व्यक्तिको चरित्र उत्कृष्ट हुनुपर्ने बताएकी छन्। विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइका क्रममा बुधबार बोल्दै अर्यालले राजदूत पद राष्ट्रको प्रतिष्ठा, विश्वास र कूटनीतिक मर्यादासँग जोडिएको महत्त्वपूर्ण जिम्मेवारी भएको बताइन्।

उनले राजदूत नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूबारे प्रश्न उठिसकेपछि त्यसको सत्यतथ्य बुझ्नुपर्ने बताइन्। उनले सार्वजनिक रूपमा शंका उत्पन्न भएका विषयलाई बेवास्ता गरेर सुनुवाइ प्रक्रिया अघि बढाउँदा सम्बन्धित व्यक्तिप्रति मात्र नभई देशप्रतिको विश्वासमा समेत असर पर्न सक्ने उनको भनाइ थियो।

अर्यालले प्रस्तावित राजदूतबारे उजुरी परेको वा विभिन्न तथ्य सार्वजनिक भएको अवस्थामा समितिले त्यसबारे स्पष्ट जानकारी लिनुपर्ने बताइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।