ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

गगनलाई उदय शमशेरको शुभकामना : कांग्रेसलाई एक ढिक्का बनाउनु आजको आवश्यकता

नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले नवनिर्वाचित सभापति गगनकुमार थापालाई सफल कार्यकालको शुभकामना दिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भएपछि थापाले शपथ ग्रहण गरी पदभार सम्हालेसँगै राणाले उनलाई पुनः बधाई दिएका हुन्। राणाले पार्टीको रूपान्तरण अभियानलाई सफल बनाउँदै कांग्रेसलाई जनताको भरोसाको बलियो शक्ति बनाउन सबैको साझा दायित्व रहेको बताएका छन्।

‘पार्टीको रूपान्तरण अभियानलाई सार्थक निष्कर्षमा पुर्‍याउँदै कांग्रेसलाई जनताको भरोसाको बलियो शक्ति बनाउनु हामी सबैको साझा दायित्व हो,’ राणाले भनेका छन्। महामन्त्रीको जिम्मेवारीमा रहेर उक्त अभियानलाई सफल बनाउन आफू पूर्ण प्रतिबद्ध रहेको पनि उनले बताएका छन्।

विज्ञापन

उनले अहिलेको परिस्थितिमा आपसी विश्वास, सहकार्य र एकताका साथ अघि बढ्दै पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिएका छन्।

पार्टीको हित, जनताको अपेक्षा र देशको भविष्यलाई केन्द्रमा राखेर सबै एकजुट हुनुपर्ने बताउँदै राणाले कांग्रेसलाई बलियो बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

‘पार्टीको हित, जनताको अपेक्षा र देशको भविष्यलाई केन्द्रमा राखेर हामी सबै एकजुट भई अघि बढौँ,’ उनले भनेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।