नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली (स्नेही) निर्वाचित भएका छन्।
स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै फराकिलो मतान्तरका साथ निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत प्राप्त गरे भने अर्का उम्मेदवार नरेन्द्र पासवानले ७९६ मत पाएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।