नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि जारी रहेको छ।
पार्टी मुख्यालय च्यासलमा बिहीबारदेखि सुरु भएको बैठकको आज तेस्रो दिन शुक्रबार पनि जारी रहेको हो।
शुक्रबार बसेको बैठकमा विभिन्न पार्टी कमिटी र सङ्गठनलाई पूर्णता दिने एजेन्डामा छलफल भइको थियो।
विज्ञापन

यस्तै, अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीलगायत मनोनित सदस्यहरूका थप नाम प्रस्ताव गरेका थिए।
आजको बैठकले अध्यक्ष ओलीले प्रस्ताव गरेका नामहरु स्वीकृत गर्ने तयारी रहेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।