ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

वेस्ट इन्डिजका अलराउन्डर रसेलले विराटनगर किङ्सबाट एनपीएल खेल्ने

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को लागि विराटनगर किङ्सले वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ।

आइतबार एक भिडियो पोस्ट जारी गर्दै विराटनगरले रसेललाई अनुबन्ध गरेको जानकारी गराएको हो।

रसेलले वेष्ट इन्डिजबाट १४३ खेल खेलिसकेका छन् भने ८६ टी–२०आई खेलमा एक हजार १२२ रन र ६१ विकेट लिएका छन्।

विज्ञापन

रसेल विश्वभरका टी–२० लिगहरूमा सर्वाधिक माग हुने खेलाडी पनि हुन्। उनी आईपीएलमा लामो समयदेखि कोलकाता नाइट राइडर्सका प्रमुख स्तम्भ रहँदै आएका छन्। उनले केकेआरलाई धेरै खेलहरू एक्लैको दममा जिताएका छन्।

यस्तै, उनले क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बिग ब्यास लिगलगायत लिगहरू खेलेका छन्।

आन्द्रे रसेल आफ्नो आक्रामक ब्याटिङ र पावर हिटिङकै कारण टी– २० क्रिकेटमा फेमस छन्। विराटनगर किङ्सले रसेलको आगमनले टोलीलाई थप बलियो बनाउने अपेक्षा गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।