ब्रेकिङ न्युज
विज्ञापन
विविध

विवाह समारोहबाट एक लाख ७८ हजार रुपैयाँको बाकस चोरी, ३८ वर्षीय व्यक्ति पक्राउ

सिंगापुरको चर्चित र्‍याफल्स होटलमा विवाह समारोहका क्रममा नगद राखिएको बाकस चोरी गरेको आरोपमा ३८ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्।

बाकसमा करिब एक हजार ५०० सिंगापुर डलर (नेपाली रुपैयाँ एक लाख ७८ हजार) रहेको बताइएको छ।

प्रहरीका अनुसार गत शनिबार बीच रोडस्थित र्‍याफल्स होटलको पाम बलरूममा आयोजित विवाह समारोहबाट उक्त बाकस चोरी भएको थियो। सिंगापुरका नागरिक ली यी वेईमाथि साँझ करिब ७:३० बजे बाकस चोरेको आरोप लागेको छ।

विज्ञापन

प्रहरीले घटनाबारे जानकारी पाएपछि अनुसन्धान अघि बढाएको थियो। प्रत्यक्ष सोधपुछ र सिसिटिभी फुटेजको सहायताले आरोपितको पहिचान गरिएको प्रहरीले जनाएको छ। उनलाई आइतबार नै पक्राउ गरिएको थियो।

प्रहरीले विवाह समारोह तथा भीडभाड हुने स्थानमा आफ्ना बहुमूल्य सामान सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गरेको छ।

लीलाई अनुसन्धान पूरा गर्न हिरासतमा राखिएको छ। उनी आगामी महिना फेरि अदालतमा उपस्थित हुनेछन्। चोरीको आरोपमा दोषी ठहरिएमा उनलाई सात वर्षसम्मको जेल सजाय र जरिवाना हुन सक्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।