ब्रेकिङ न्युज
विज्ञापन
समाज

गत वर्षभन्दा यस वर्ष दसैँमा उपत्यका छाड्नेको संख्या घट्यो

दसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने सर्वसाधारणको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ। घटस्थापनादेखि हालसम्म ५ लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका छन्। गत वर्ष सोही अवधिमा ६ लाख ६० हजार ८४६ जनाले उपत्यका छाडेका थिए।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस वर्ष हालसम्म उपत्यकाबाट ७९ हजार ७७६ वटा सवारीसाधन बाहिरिएका छन्। गत वर्षको तुलनामा यस वर्ष उपत्यका छाड्ने सर्वसाधारणको संख्या ८४ हजार २६८ ले कम छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दसैँका कारण यतिबेला काठमाडौं उपत्यकामा सवारीसाधनको आवागमन न्यून भएको छ। गत वर्षको तथ्यांकसँग तुलना गर्दा यस वर्ष दसैँ मनाउन उपत्यका छाड्नेको संख्या केही कम देखिएको उनले बताए।

विज्ञापन

नेपाल न्यूज बैंकसँग कुरा गर्दै सुवेदीले घटस्थापनादेखि हालसम्म ५ लाख ७६ हजार ५७८ जना सर्वसाधारणले उपत्यका छाडेको र यस अवधिमा ७९ हजार ७७६ वटा सवारीसाधन बाहिरिएको जानकारी दिए।

यसैबीच, दसैँका बेला ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेमाथि प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिएको छ। मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ६२५ जनालाई कारबाही गरिएको छ।

त्यस्तै, लागुऔषध सेवन (लापसे) गरी सवारीसाधन चलाउने २६ जनामाथि पनि कारबाही गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए।

दसैँ मनाउन उपत्यकाबाट बाहिरिनेको संख्या बढेसँगै सहरभित्रको सवारी चाप घट्ने गरेको छ। यद्यपि, चाडपर्वका बेला हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन प्रहरीले निगरानी जारी राखेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।