ब्रेकिङ न्युज
विज्ञापन
समाज

दसैंमा नेपाल प्रहरीको मौलो पूजा, दुई प्रहरी हवल्दार पुरस्कृत

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादसैंका अवसरमा मंगलबार नक्सालस्थित नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नम्बर १ मा मौलो पूजा गरेका छन्।

पूजाका क्रममा उनले बलि पूजा गर्नुका साथै निशानमा पञ्जाको छाप लगाएका थिए। मौलो पूजामा विशेष कार्य गर्ने प्रहरी हवल्दार रामकुमार कार्कीलाई पगरी र नगद पुरस्कार तथा प्रहरी हवल्दार पोषणराज बुढाथोकीलाई नगद पुरस्कार प्रदान गरिएको नेपाल प्रहरीले जनाएको छ।

पूजापछि कार्कीसहित प्रहरी अधिकारीले मौलो परिक्रमा गरेका थिए। त्यसपछि निशानलाई मूलकोट हनुमानढोकातर्फ प्रस्थान गराइएको थियो।

विज्ञापन

नेपाल प्रहरीले विक्रम संवत् २०११ मा निशान झण्डा प्राप्त गरेदेखि हरेक वर्ष बडादसैं र चैतेदसैंमा मौलो पूजा गर्दै आएको छ। यही परम्पराअनुसार मंगलबार देशभरका प्रहरी इकाइमा पनि मौलो पूजा गरिएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।