ब्रेकिङ न्युज
विज्ञापन
विविध

श्रीमानको कसिलो अँगालोले श्रीमतीका पाँच वटा करङ भाँचिएपछि…

चीनमा श्रीमानको कसिलो अँगालोका कारण एक महिलाका पाँच वटा करङ भाँचिएका छन् भने अर्को करङमा चिरा परेको छ।

सामान्य अँगालोका क्रममा यस्तो चोट लागेपछि घटना चर्चामा आएको हो। अब चिकित्सकले हड्डी कमजोर भएका व्यक्तिलाई अँगालो हालेर अचानक उठाउँदा सावधानी अपनाउन सुझाव दिएका छन्।

चिनियाँ सञ्चारमाध्यमका अनुसार आइतबार जियाङ्सु प्रान्तका एक पुरुषले श्रीमतीलाई अँगालो हालेका थिए। श्रीमतीले आफूलाई चिसो लागेको बताएपछि उनले माया व्यक्त गर्न अँगालो हालेका थिए। तर, अँगालो हाल्ने क्रममा श्रीमतीको छातीमा चोट लाग्यो। उनलाई तत्काल दुखाइ भएपछि बस्नुपरेको थियो, पीडाका कारण उठ्नसमेत सकिनन्।

विज्ञापन

ती पुरुषका अनुसार अँगालो हाल्दा हड्डी भाँचिएला भन्ने उनले कल्पनासमेत गरेका थिएनन्। आफूले सामान्य बल प्रयोग गरेको ठाने पनि यस्तो गम्भीर चोट लागेपछि उनी निकै दुःखी भएका छन्। श्रीमतीलाई चोट पुर्‍याउने आफ्नो उद्देश्य नरहेको उनले बताएका छन्।

महिलाले रातभर दुखाइ सहेर बसेपछि भोलिपल्ट बिहान अस्पतालमा जाँच गराएकी थिइन्। छातीको सिटी स्क्यान गर्दा पाँच वटा करङ भाँचिएको र अर्को करङमा चिरा परेको पत्ता लागेको थियो। चिकित्सकले चोटको मुख्य कारण हड्डी कमजोर हुनु अर्थात् अस्थिक्षय (ओस्टियोपोरोसिस) भएको बताएका छन्।

रिपोर्टअनुसार ती महिलाको तौल करिब ४५ किलोग्राम छ। उनी तौल घटाउने प्रयासमा थिइन्, राति खाना नखाने र दैनिक कफी पिउने गर्थिन्। उनी घाममा पनि कम बस्ने गरेको बताइएको छ। घटनापछि उनले आफ्नो स्वास्थ्यमा ध्यान दिन र घाम ताप्ने तथा क्याल्सियमयुक्त खानेकुरा सेवन गर्ने बानी सुधार्न थालेको उनका श्रीमानले बताएका छन्।

चिकित्सक करङको पाँचौँदेखि आठौँ भागसम्मको बनावटका कारण अचानक धेरै दबाब पर्दा ती हड्डीमा चोट लाग्न सक्ने बताउँछन्। विशेषगरी हड्डी कमजोर भएका वा अस्थिक्षयको समस्या भएका व्यक्तिमा करङ भाँचिने जोखिम बढी हुन्छ। कसैलाई पछाडिबाट अँगालो हालेर अचानक माथि उठाउँदा छातीमा असमान दबाब पर्न सक्ने भएकाले यस्तो चोट लाग्न सक्छ।

चिकित्सकले वृद्धवृद्धा तथा हड्डी कमजोर भएका व्यक्तिलाई अचानक अँगालो हालेर उठाउने काम नगर्न सुझाव दिएका छन्। कसैलाई उठाउन सहयोग गर्नुपरेमा बिस्तारै र सावधानीपूर्वक शरीरलाई सहारा दिनुपर्छ। छातीमा सीधै दबाब पर्ने गरी समात्ने, अचानक बल लगाउने वा शरीरलाई घुमाउने कामबाट बच्नुपर्ने चिकित्सकको सुझाव छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।